
३ श्रावन २०७८, आइतवार
गैर आवासिय नेपाली संघ मलेसियामा आउदो कार्यकाल (२०२१–२०२३० को लागि अध्यक्ष पदमा तीन जनाले उम्मेदवारी दर्ता गराएका छन ।
विनोद वहादुर थापा, हरि भटटराई र विश्व विक्रम राईले अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएका हुन ।
यस अघि उम्मेदवारको घोषणा गरेका महेन्द्रजग शाहिको भने उम्मेदवारी दर्ता गराएका छैनन ।
यसैगरी वरिष्ठ उपाध्यक्षमा हेमराज सापकोटा, र इन्द्र नारायण लिम्वुको उम्मेदवारी परेको छ ।
निर्वाचन समितिका अनुसार उपाध्यक्षमा दिल कुमार केरुग,जयराम तिमिल्सिना र राकेश कुमार महतोको उम्मेदवारी परेको छ ।
यस्तै महासचिवमा रन्जीत कुमार क्षेत्री र सुनिल चालिसेले आफनो उम्मेदवारी दर्ता गराएका छन ।
सचिवमा नारायण अधिकारी,रोशन सुव्वा,सन्तोष कुमार रिजालको उम्मेदवारी परेको छ ।
यसैगरी कोषाध्यक्षमा कृष्ण प्रसाद नेपाल र अशोक लिम्वु,सहकोषाध्यक्षमा वलब्वज लिम्वु मात्रको उम्मेदवारी परेको छ ।
यस्तै युवा संयोजकमा अरुण गिरी,कृष्ण वहादुर वस्नेत र शम्शेर बहादुर मल्लले आफनो उम्मेदवारी दर्ता गराएका छन ।
यसैगरी महिला संयोजकमा मिरा पुरी गिरीको मात्र उम्मेदवारी परेको छ । यसैगरी सदस्यहरुमा विरेन्द्र कार्कि,विष्णु प्रसाद वराल,दिनेश खडका,सन्तोष कार्कि,श्याम वहादुर श्रेष्ठ,टेक वहादुर अधिकारी र पासाग लामाले उम्मेदवारी दर्ता गराएका छन ।
यस्तै आईसिसि सदस्यहरुमा सुभद्रा कुमारी लिम्वु,विरेन्द्र कुमार नेगी,लाल वहादुर आले,नन्द वहादुर क्षेत्री,टेक वहादुर टोमटा र रमेश प्रसाद तिवारीले उम्मेदवारी दर्ता गराएका छन ।
निर्वाचन समितिले दिएको जानकारी अनुसार विभिन्न पदमा ३६ले उम्मेदवारी दर्ता गराएको भएपनि एक जनाले उम्मेदवारी फिर्तालिएको २जनाको पर्याप्त उम्मेदवारी दर्ता शुल्क नभएको कारण रद्ध गरिएको थियो ।
उम्मेदवारहरुले आफनो उम्मेदवारी फिर्ता गर्न चाहेमा जुलाई १८ तारिख साझँ ५ वजे सम्ममा उम्मेदवारी फिर्ता गर्न सक्ने निर्वाचन समितीले जनाएको छ ।
एनआरएन मलेसियाको निर्वान जुलाई २५ गते हुदैछ । मलेसियामा हाल ५२५९ जना पन्जीकृत सदस्यहरु रहेका छन । यो मलेसियाको एनआरएनको इतिहासमै सवैभन्दा धेरै हो ।