५ भाद्र २०७७, शुक्रवार

पौडि खेल्ने क्रममा जापानमा गुल्मिका एक नेपालीको मृत्यु भएको छ ।
गुल्मी आँपचौर घर भई जापानमा कार्यरत त्रिकामणि गैरेको गत सोमवार जापानको एदोगावामा पौडि खेल्ने क्रममा डुवेर मृत्यु भएको हो ।
मृतक गैरे ५ वर्ष देखि जापानमा कुकको रोजगारी गर्दे आउनु भएको थियो । गैरेको स्थायी घर गुल्मी मुसिकोट नगरपालिका आँपचौर भएतापनि पछिल्लो समय उनका २ छोरा र आमा लगायतको परिवार बुटवलमा बस्दै आएका छन् ।आँपचौर सेवा समिति जापानका निवर्तमान अध्यक्ष महेन्द्र अधिकारीका अनुसार शव स्थानीय प्रहरीले निकालेर अस्पतालमा पोस्टमार्टमका लागि लगेको थियो । मृतक गैरेको अन्तिम दाहसंस्कार पनि जापानमै गर्ने तयारी भैरहेको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्रतिक्रिया

सम्बन्धित खवर