३० आषाढ २०७८, बुधवार

मलेसियामा कोरोना सक्रमण दिनप्रतिदिन वढिरहेको छ । यसैक्रममा मलेसियामा आज सम्मकै सवैभन्दा धेरै सक्रमित भेटिएका छन । आज मात्रै ११ हजार ६सय १८ जना कोरोना सक्रमित भेटिएको मलेसियाको स्वास्थ मन्त्रालयले जनाएको छ ।

मलेसियामा आज थप १ सय १८ जनाको सक्रमणवाट मृत्यु भएको छ ।

हाल सम्म मलेसियामा कोरोना सक्रमणवाटमृत्यु हुनेको सख्या ६ हजार ५ सय ३ पुगिसकेको छ ।
हाल सम्म मलेसियामा ८लाख ६७ हजार ५सय ६७ जना सक्रमित भएकोमा ७ लाख ५९ हजार ७ सय ५ जना निको भैसकेका छन । आज मात्रै ६ हजार ३ सय ७७ जनाले कारोनालाई जितेर घर फर्किएका छन । अहिले मलेसियामा १लाख १ हजार ३ सय ५९ जना कोरोना सक्रमित रहेका छन । जसमध्ये ५ हजार १सय २३ जनाको विभिन्न अस्पतालहरुमा उपचार भैरहेको छ ।

मलेसियाले जुन १ देखि पूर्ण रुपमा लकडाउन गरिरहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर