
२६ आषाढ २०७८, शनिवार
ओखलढुंगा एकता सेवा समाज मलेसियाले २ लाख २६ हजार ३०० रुपैयाँ ओखलढुंगा विश्वव्यापी संजाल”लाई पठाएको छ ।कोभिड(१९ प्रकोप विरुद्ध लड्नको लागि सम्पुर्ण जिल्ला बासीलाई समेटदै ” विश्वव्यापी ओखलढुंगेली सञ्जाल स्थापना गरिएको थियो ।
सोही अभियान अन्तर्गत रहेर मलेसियाबाट समाजले सो रकम सङ्कलन गरेर नेपाल पठाईएको हो ।
कोभिड बिरुद्ध लड्न “बिश्वब्यापी ओखलढुंङ्गेली संजाल” स्थापना गरि विभिन्न २१ देशमा संयोजक तोकेर अभियान चलाईएको थियो
मलेसियाबाट ओखलढुंगा एकता सेवा समाज मलेसियाका अध्यक्ष र सहसचिवको नेतृत्वमा आर्थिक सहयोग जुटाईएको थियो ।
उक्त अभियानमा मलेसियाका करिब ५६ जना जना जोडिएको समाजले जनाएको छ ।
अभियानमा ७० लाख ९४ हजार रकम संकलन भएको र उक्त रकमबाट जिल्ला स्थित विभिन्न स्वास्थ्य संस्थालाई आवश्यक स्वास्थ्यसामाग्री लगायतको सहयोग सामाग्रि उपलब्ध गराईएको थियो ।