
२५ आषाढ २०७८, शुक्रवार
मलेसियामा कोरोना सक्रमण दिन प्रतिदिन वढिरहेको छ ।
पछिल्लो २४ घण्टामा ७७ जनाको मृत्यु भएको छ ।
कोराना सक्रमणवाट आज सम्म मलेसियामा ५ हजार ९सय ८० जनाको मृत्यु भैसकेको छ ।
पछिल्लो पटक ९ हजार१ सय ८०जना नयाँ सक्रमित थपिएका छन ।
मलेसियामा ८ लाख १७ हजार ८ सय ३८ जना सक्रमित रहेकोमा ७ लाख ३१हजार १ सय ९३ जना निको भएर घर फर्किएका छन ।
मलेसियामा करीव चार लाख नेपाली श्रमिकहरु रहेको अनुमान गरिएको छ । केहि नेपालीको कोरोना सक्रमणवाट मृत्यु समेत भैसकेको छ । कोरोना सक्रमणवाट कति नेपालीको मृत्यु भयो भन्ने वारेमा मलेसिया सरकार तथा मलेसियामा रहेको नेपाली दुतावासले पनि सार्वजनिक गरेका छैनन ।