२२ आषाढ २०७८, मंगलवार

मलेसियाले अवैधानिक अवस्थामा रहेको विदेशि कामदारको लागि ल्याउको कि वैधानिक भएर वस या स्वदेश फर्क अर्थात(रिक्यालिव्रशन)को अवधि थप गरेको छ ।

https://amzn.to/4myfPN5


यस अघि जुन सम्म तोकिएको अवधि वढाएर डिसेम्वर अन्तीम सम्म पुरयाएको जनाएको छ ।
मलेसियामा अहिले कोरोन सक्रमण वढिरहेको र लकडाउनको अवस्था रहेको छ । हालको अवस्थामा मलेसियन अध्यागमन बिभाग (इमिग्रेशन) को कार्यालय,काउन्टर बन्द रहेता पनि अनलाईन एसटिओ प्रणाली मार्फत सो कार्यक्रम सम्बन्धि सुविधा लिन सकिने मलेसिया स्थित नेपाली दूतावासले जनाएको छ ।
मलेसियन सरकारले सार्वजनिक गरेको डाटा अनुसार पछिल्लो समय मलेसियामा रिहाईरिङ कार्यक्रम मार्फत पुनः भिसा लगाएर मलेसियामै रहेर काम गर्नको लागि झन्डै २ लाख भन्दा बढि विदेशी श्रमिकहरुले आवेदन दर्ता गरेका छन भने करिब १ लाख बढि अवैधानिक श्रमिक स्वदेश फर्किसकेको छन ।
मलेसियामा नेपाली,इन्डोनेसिया , बाङ्लादेश , भारत , म्यानमार , भियतनाम , कम्वोडिया,थाईलैण्डका लगायतका गरी लाखौ अवैधानिक वसिरहेका छन ।
अहिले दिएको मौकाको फाईदा उठाउन मलेसिया सरकारले अनुरोध गरिरहेको छ । मौकाको फाईदा नउठाउने र अटेर गर्ने विदेशी अवैधानिक श्रमिकहरुलाई पक्राउ गरी जेल चलान र डिपोर्ट गरिने मलेसिया सरकारले जनाएको छ ।
नेपाली दुतावास मलेसियाले पनि मलेसियामा वैधानिक अवस्थामा नवस्न अनुरोध गर्दे फर्कन पर्ने भएमा मलेसिया सरकारले दिएको समयअवधिमै फर्कन अनुरोध गरेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर