२० आषाढ २०७८, आइतवार

गैर आवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद् मध्यपूर्व क्षेत्रीय युवा समितिको आयोजनामा भइरहेको ‘ग्लोबल एनआरएन आइडल सेकेन्ड जेनेरेसन’ को सारेगम राउन्ड–२,  सम्पन्न भएको छ।

कोरोना महामारीका कारण भर्चुअल रूपमा आयोजना गरिएको प्रतियोगितामा प्रतियोगीहरूले अडियो ट्रयाकमा गीत गाएका थिए । अन्तरा राउन्डबाट आएका ४० प्रतिस्पर्धी मध्येबाट उत्कृष्ट ३० जना गाला राउन्डमा प्रवेश गरेका छन् । गाला राउन्ड आगामी अगस्ट ६ तारिखमा हुने छ । यो राउन्डबाट थप ५ जना बाहिरिने छन् भने २५ प्रतिस्पर्धी दोस्रो गाला राउन्डमा प्रवेश गर्नेछन् ।

कार्यक्रममा गायक उदय सोताङ, गायिका प्राश्ना शाक्य, गायक विजय लामा र गायिका सुनिता दुलाल निर्णायकको भूमिकामा रहनु भएको छ ।  ग्राण्ड फिनाले नेपालको कुनै एक टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गर्ने लक्ष्य आयोजकको रहेको छ । विजेताले नगद सात लाख रुपैयाँ, दोस्रोले चार लाख, तेस्रोले तीन लाख, चौथोले एक लाख र पाँचौँ हुनेले ५० हजार प्राप्त गर्ने छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर