१७ माघ २०७७, शनिवार

विभिन्न कारणले मलेसियामा जेलसजाय भोगिरहेका ११ जना नेपालीहरु स्वदेश फर्किएका छन । मलेसियाको तेरयागानुको क्याम्पमा उनीहरुले लामो समय देखि जेल जीवन विताउदै आएका थिए ।

उनीहरुलाई मलेसियामा रहेको आईओएम संस्थाले निशुल्क हवाई टिकट उपलब्ध गराएको थियो भने एनआरएन आईसिसिको कोभिड १९ रिलिफ एण्ड रिर्पाटेशनले पिसिआर गर्ने र अन्य सहयोग गरेको थियो ।

घर फर्कनेहरुमा संजय बाँनिया क्षेत्री ,कुबिर दाहाल,सुनिल दुबि,पारस जैसि ,शिव कुमार राजवंशि ,पुस्पेन्द्र परियार राम बहादुर आले,जागेश्वर बेघा,कृष्ण मोहन लोड,धन कुमार कठेत र सिक्मलाल ल यादव रहेका छ्न ।

प्रतिक्रिया

सम्बन्धित खवर