१० माघ २०७७, शनिवार
मानसिक तनाबका कारण सुसाईट नोट लेखेर आत्महत्या गरेका एक नेपालीको शव नेपाल ल्याईएको छ ।

गुल्मि जिल्लाको चन्द्रकोट गाँउपालिका वडा न ७ रुपाकोटका मदन भण्डारीको शव नेपाल ल्याईएको हो ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

सिए अध्ययन गरिरहेका भण्डारीको शव दिल्लीको लक्ष्मिनगरस्थित कोठामा वुधवार साँझ झुण्डिएको अवस्थामा फेला परेको थियो ।

तीन दिनदेखि घर परिवारको सम्पर्कमा नरहेका भण्डारीलाई मंगलवार दिउसो साथीहरुले वाहिर चिया पिएको देखेको भएपनि त्यसपछि उनी कतै वाहिर देखिएका थिएनन ।

मानसिक तनावका कारण आत्महत्या गरेको सुसाईड नोटमा भण्डारीले लेखेका छन ।

मृतक भण्डारी तीन दिदीवहिनीका एक्ला छोरा हुन ।
भण्डारीका साथीहरुका अनुसार सिएको परीक्षा विहिवार देखि शुरु थियो ।

परीक्षा शुरु हुन भन्दा एकदिन अघि उनले आत्महत्या गरेका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर