९ माघ २०७७, शुक्रवार

संयुक्त राज्य अमेरिकाकी नवनिर्वाचित उपराष्ट्रपति कमला ह्यारिसले बिहीबार बिहान नयाँ राष्ट्रपति निर्वाचन भए पछि आयोजित भर्चुएल प्रार्थना सेवामा चर्चित फेशन डिजाइनर प्रबल गुरुङले बनाएको पोशाक लगाएर भाग लिएकी छन्।

https://amzn.to/4myfPN5

गुरुङले आफ्ना श्रीमानसंग प्रार्थना सभामा सहभागी ह्यारिसको तस्वीर सहित एक ट्विट गरेका छन्। “हामीले डिजाइन गरेको पोशाक लगाएर उपराष्ट्रपति प्रार्थना सभामा सहभागी हुनु भयो। कृतज्ञता, हार्दिक कृतज्ञता,” गुरुङले आफ्नो ट्विटमा भनेका छन्।

प्रबल गुरुङ को हुन्?

अमेरिकाको न्यूयोर्कमा बस्दै आएका प्रबल गुरुङ नेपालमा हुर्किएर विश्वमै प्रसिद्धी कमाउने सीमित ‘फेशन डिजाइनर’ मा पर्छन्। सिंगापुरमा जन्मिएर काठमाडौंमा हुर्केका प्रबल हलिउड देखि बलिउड सम्मका सेलिब्रेटीले रुचाएका चर्चित डिजाइनर हुन्।

पूर्वअमेरिकी प्रथम महिला मिसेल ओबामा देखि बेलायती राजकुमारी केट सम्मले उनले डिजाइन गरेको लुगा रुचाएका छन्। बलिवुडका अन्तर्राष्ट्रिय रुपमा चर्चित कैयौँ महिलाहरु सजिएका छन्।

आफ्नै नामको फेशन ब्राण्ड स्थापना गरेका उनका भारतको मुम्बईसहित अमेरिका र युरोपमा १०० वटा फेशन स्टोर छन्।

 

प्रतिक्रिया

सम्बन्धित खवर