
८ माघ २०७७, बिहिवार
स्पेनमा रहेका नेपालीहरुले पुलिस रिपोर्टको यहाँको परराष्ट्र मन्त्रालयबाट गर्नुपर्ने लिगलाइजेशनको झन्झट हटेको छ ।
स्पेन स्थित नेपाली दुतावासले यहाँको सरकारसंग छलफल गरेर यो झन्झट हटाएको हो ।
नयाँ ब्यवस्था अनुसार अब यहाँको रेसिडेन्सी तथा वर्क प्रमिटको लागि चाहिने नेपालको पुलिस रिपोर्ट सिधै बुझाउन सकिने भएको छ ।
यसअघि नेपालबाट पुलिस रिपोर्ट ल्याएर यहाँ ट्रान्स्लेट गरी लिगलाइजेशनको लागि यहाँको परराष्ट्र मन्त्रालयमा बुझाउनुपर्ने ब्यवस्था थियो । तर अब नेपाल प्रहरीको अनलाइन सेवाबाट पुलिस रिपोर्ट बनाएर रंङ्गीन प्रिन्ट गरी सधै बुझाउन सकिने मन्त्रालयले एक सुचना निकालेर जानकारी दिएको छ ।