४ माघ २०७७, आइतवार

संयुक्त अरब एमिरेट्स यूएईको दुबईमा ४१ जना नेपालीले जेल जीवन बिताइरहेका छन । जसमध्ये ३७ जना पुरुष र चार जना महिला रहेका छन ।
पछिल्लो समयमानेपाली राजदूत कृष्णप्रसाद ढकालसहित श्रम काउन्सेलर निर्मला थापा, स्थानीय जनसम्पर्क अधिकृत (पीआरओ) इरफान आलम दुबईको अल अविरमा रहेको सेन्ट्रल जेल को भ्रमण गरी त्यहाँ रहेका नेपालीहरुको अवस्था वुझेका थिए ।

https://amzn.to/4myfPN5

दूतावासको टोलीले जेलमा रहेका नेपालीको अवस्था, आवश्यक कानुनी सहयोग तथा कागजी प्रक्रियाबारे सहजीकरण गरिरहेका छन ।

धेरैजसो नेपाली जेल पर्नुको मुख्य कारण जाँडरक्सी देखिएको वताइन्छ ।

यसका अलावा सामाजिक मूल्य र मान्यता विपरीत अबैध यौन क्रियाकलाप, सार्वजनिक स्थलमा जथाभावी गतिविधि तथा अवैध सम्बन्ध गांसेर गर्भधारणा गर्ने लागूऔषध ओसारपोसारमा समेत संलग्न सामाजिक सञ्जालको दुरुपयोग, अवैधानिक विप्रेषण (हुन्डी)को कारण जेल परेको वताईएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर