३२ श्रावन २०७७, आइतवार

छविलाल गिरी,क्वालालम्पुर

नेपाल आदिवासी जनजाति महासंघ मलेसियाले क्वालालम्पुरमा ‘२६ओैं विश्व आदिवासी दिवस’ शुभकामना आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रम गरि मनाएको छ ।नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष विपिन राईद्वारा दिप प्रवज्वलन गरि कार्यक्रमलाई औपचारीक रुपमा अगाडि बढाईएको कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघका केन्द्रीय अध्यक्ष जगत बरामले भिडियो कन्फ्रेन्स मार्फत शुभकामना दिनुभएको थियो ।
कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ मलेसियामा अध्यक्ष बिपिन राई, उपाध्यक्ष फूर्वा दोर्जे मोक्तान, महासंघका सल्लाहकार जीवन देवान गाउले, किराँत याक्कथुङ चुम्लुङका अध्यक्ष दिल कुमार केरुङ, नेपाल तामाङ धेदुङ मलेसियाका अध्यक्ष जगत दोङ तामाङ साथै थारु सेवा समाज मलेसियाका कोषाध्यक्ष रमेश कुमार थारु, नेपाल तामाङ घेलुङ मलेसियका बिक्रम वाईबा तामाङ ले विश्व आदिवासी जनजातीको वारेमा प्रकाश पार्नुभएको थियो ।
कार्यक्रममा महासंघ विभिन्न काम र कोहि नेपाल फकर्नुभएका कारण रिक्त रहेको पदमा समितिको चयन समेत गरीएको थियो । जसअनुसार महासचिवमा बिक्रम वाईबा तामाङ (नेपाल तामाङ घेलुङ मलेसिया) सचिवमा सुदिप शेर्मा (किराँत याक्थुम चुम्लुङ मलेसिया) र सदस्यमा राम प्रसाद पुन मगर (नेपाल मगर संघ मलेसियाबाट) रहेका छन्। त्यस्तै नव मनोनीत महासचिव बिक्रम वाईबा तामाङले प्रतिबद्धता मन्तव्य समेत राखेका थिए।कार्यक्रमको संचालन इश्वर राईले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर