२० पौष २०७७, सोमवार

मलेसियामा एक नेपाली १२ वर्ष देखि हराईरहेका छन । प्युठान जिल्ला साविक स्वर्गद्धारी गाविस धनवाङ हाल स्वर्गद्वारी नगरपालिका २

https://amzn.to/4myfPN5

स्थाई घर भएका लाल वहादुर वुढा मलेसियामा १२ बर्षदेखि परिवार संग सम्पर्क विहिन भएका छन ।

उनका माईती साला कमल बुढाले सामाजिक सञ्जाल मार्फत भिनाजुको खोजी गरिदिन मलेसियामा रहेका नेपालीहरुमा सहयोगको

अपिल गरेका छन ।

उनले फेशवुकमा लेखेका छन् दिदी हालसम्म पनि तपाईंको सिन्दुरको छायाँ मुनि बसि रहनु भएको र दिदिको सिन्दुरको रक्षक पनि

तपाईं हो भिनाजु तपाईले बिर्सिनु भयो होला मैले बिर्सेको छैन र सम्झी रहने छु।

हामी साला भिना मात्रै होइन घनिष्ट मित्र समेत थियो तपाईं एका एक सम्पर्क बिहिन हुनु भो मैले मलेसिया हुनुहुने मेरो फेसबुक मित्रहरुर

कैयौँलाई सोध पुछ गरे तर केही पत्ता लगाउन सकिन जिउदो या मृत्यु तर हामी आज पनि आशाका दियो हरु बालिरहेका छौ । तपाईं

जहाँ जे जस्तो अबस्थामा हुनुहुन्छ खुशी रहनु होला चाडै घर फर्कने कोसिस गर्नु होला ।लाल बहादुर सन् २००६ मा मलेसियाको

जोहोरवारुमा राज्यमा रहेको एक सेक्युरिटी कम्पनीमा पुगेकोमा २८र२९ पछि अवैधानिक भएर काम गर्न थालेको परिवारलाई जानकारी

गराएका थिए । त्यस पछाडि अहिले सम्म कसैसंग पनि सम्पर्क नभएपछि परिवारले सवै नेपालीलाई सहयोगको अपिल गरेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर