१६ पौष २०७७, बिहिवार

लण्डन ,  कोरोना सक्रमणवाट वेलायतमा एक पूर्व गोर्खाले ज्यान गुमाएका छन ।

लण्डनको नर्थहोल्ट बस्दै आएका ५८ वर्षीय खुशीमान गुरुङको नर्थविक पार्क अस्पतालमा उपचारका क्रममा बुधबार साझँ मृत्यु भएको तमु समाज यूकेका अध्यक्ष शिवचन्द्र गुरुङले जानकारी गराए । उच्च रक्तचाप र मधुमेहको समस्याबाट पीडित उनलाई कोरोना संक्रमण भएपछि १८दिन अगाडि अस्पताल भर्ना गरिएको थियो । मृतक गुरुङका श्रीमती र एक छोरा छन् । पर्वत जिल्लाको रापु पुर्ख्यौली घर भएका उनको परिवार पछिल्लो समय पोखरामा बस्दै आएका छन ।
खुशीमान तमु समाज यूकेको वर्तमान कार्यसमितिका सदस्य समेत रहेको अध्यक्ष शिवचन्द्र गुरुङले वताए । अध्यक्ष गुरुङकाअनुसार बेलायतमा कोभिड संक्रमणबाट ज्यान गुमाउने नेपालीको संख्या करीव ७० जना जति पुगेको छ । जसमध्ये अधिकांश पूर्व गोर्खाहरु छन् ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर