१३ पौष २०७७, सोमवार

बाबा राजेश्वरी थापा


हामी यहाँ छौ भनेर माइतीघर मण्डलाको चिसो सडकमा बसेका माओवादी नेता प्रचण्डलाइ सामाजिक संजालमा रंगिएको देखेपछि मलाई पनि सोध्न मनलाग्यो, तत्कालीन अछामी राजा दलबहादुर शाहको पालामा १९३५ मा निर्माण भएको र झन्डै डेढ सय वर्षअघि उनका पिता राजा टीकाभुक शाहको पालामा यसको निर्माण सुरु भएको, २०२९ सालमा अछामी राजाका सन्तानबाट श्री ५ को सरकारले किनेको तीनतले दरबारमा ३० कोठा भएको तत्कालीन समय जिल्ला प्रशासन कार्यालय रहेको अछामको पुरानो ऐतिहासिक सम्पदा बोकेको त्यो मंगलसेन दरबार खोइ ? जसलाई माओवादीले २०५८ फागुन ४ गतेको राति ११ बजेतिर अछाम सदसरमुकाम मंगलसेनमा भीषण आक्रमण ध्वस्त भयो ।

जिल्ला प्रशासन कार्यालय, सेनाको ब्यारेक तथा प्रहरी कार्यालयमा एकै पटक आक्रमण भई ठूलो जनधनको क्षति माओवादीहरुले गरेका थिए। उक्त रात माओवादीले गरेको त्यो भिषण आक्रमणमा तत्कालीन माओवादी आक्रमणमा परी अछामका प्रमुख जिल्ला अधिकारी मोहनसि खत्रीसमेत मारिएका थिए । घटनामा सेनाका क्याप्टनसहित ५३ जना, प्रहरी ५९, निजामती कर्मचारी दुई र सर्वसाधारण आठ गरी १२२ जनाको पत्तै नपाई एकै चिहान भयो भने मंगलसेन दरबार पनि एकैछिनमा जलेर खरानी भयो। त्यहि आगोसंग ”मंगलसेन तीनतले दरबार झ्यालमी घाम पड्यो। कै अड्डा है चिठी आयो काँ जाने काम पड्यो !” (अछाम दरबारको झ्यालमा घाम पर्यो ।

कतैबाट चिठ्ठी आएकाले जाने काम पर्यो ), मंगलसेन दरबार जान पाउदा हर्ष प्रकट गर्ने अछामी जनताको यो देउडा भाका पनि खरानी बन्यो। मंगल सेन आक्रमणको विभस्त रुपले त्यो बेला माओवादी प्रति ठुलो त्रास र घृणा उत्पन्न गरेको थियो भने साधारण जनताको मनमा साच्चै नै यो क्रान्तिले नेपालको विकासलाई तिव्र गति दिन्छ साथै राजा नै विकासका वाधक हुन् भन्ने भ्रम पैदा गर्न सफल भयो।

आफ्नी छोरीलाइ चितवनकी मेयर र बुहारीलाइ मन्त्रि बनाएका माओवादी नेता प्रचण्ड वैकल्पिक राजनैतिक शक्तिका रूपमा वामेसर्दै गरेका साझा बिबेकशील पार्टीका युवाहरु झैँ छातिमा “हामी यहाँ छौ”, भनेर पम्पप्लेट टांसेर बसेका दृश्य दया लाग्दो देखिन्थ्यो। नव नेपाल निर्माणको नारा बोकेर आफुले दस वर्ष गरेको क्रान्ति र त्यहि क्रान्तिको नाममा १७ हजार मानिसको ज्यान वली चढाएर देशका कयौ भौतिक संरचनाहरु ध्वस्त परेका माओवादी समर्थितहरुले सरकार सम्हालेर पनि आफ्नै घरपरिवार को उद्धार गर्ने र धन दौलत थुपार्ने बाहेक अरु कुनै काम गर्न सकेनन।

यति मात्र नभई प्रचण्डको लागि राजतन्त्र पनि एक हाउगुजी बनेको छ। अहिलेका सत्तापक्ष वा विपक्षका नेताहरुलाई पुर्व राजा ज्ञानेन्द्रका हरेक गतिविधिले यही गीतले गुनगुनाउन बाध्य गर्छ।

“किन बढ्दैछ ढुकढुकी मुटुको किन झझल्को झलझली आंखामा ”

पुरानो नेपाली चलचित्र मायालु यो गीत नेपालका ठुला राजनैतिक पार्टी, तिनीहरुका नेता र कार्यकता साथै विभिन्न अभियान चलाएर बसेका अभियन्ताहरुमा ठ्याक्कै लागु हुन्छ। जबजब नेपालमा राजतन्त्र फर्काउने वा राजतन्त्रको पक्षमा आवाज सुनिन्छ, गणतन्त्रका पक्षधरहरुको मुटुको धड्कन पनि बढ्न थाल्छ । यति मात्र नभई सामान्य नागरिक जीवनयापन गरिरहेका राजा ज्ञानेन्द्र जब जनसमुदाय माझ निस्कन्छ र जनताको माया अनि अभिवादन पाउछन तबतब शीर्ष दलको नेतृत्वको छातीमा समेत धारिलो वाण रोपिने गर्छ।

फलस्वरूप नेताजीहरुका अनेकौ अभिव्यक्ति आफ्ना मातहतका पत्रकार र संचारगृह मार्फत व्यंग्यात्मक रुपमा बाहिर आउछ । यसबाट प्रस्ट हुन्छ कयौ नेलजेल र संघर्षले प्राप्त लोकतन्त्र अनि त्यसलाई नेतृत्व दिइरहेको नेतृत्वपक्षलाई यस व्यवस्था प्रति विश्वास छैन र उनीहरु आफै नै कमजोर छन साथै आफैमा डराएका छन्। नत्र हिजो माओवादी जनयुद्धलाई मुहूर्तरुप दिएका बाबुराम, अहिले अस्तित्वको लड़ाईमा नेकपाको अध्यक्ष बनेका प्रचण्ड अनि कुन सिद्धान्त अंगाल्ने भनेर आफैमा हराई रहेका नेपाली कांग्रेसका नेताहरु न त राजा ज्ञानेन्द्रको नाच देखेर तर्सिनुपर्छ न त हजुरिया परम्पराबाट आफुलाई टाढा राखेर अत्यन्तै फरक जीवन बिताई रहेका पारसको चरित्रहत्या गरेर चर्चा कमाउनु पर्ने नै देखिन्छ ।

केही समय पहिले पूर्व राजाको पक्षमा देशभर जनसागर उर्लिएपछि जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले सामाजिक सञ्जाल ट्विटरमा ट्विट गरेर गणतन्त्रको भात पाक्न ढिलो भयो भनेर राजतन्त्रको गोबर खोज्न नहुने र आधा गिलास उपलब्धिलाई जोगाएर बाँकी गिलास भर्न युवाहरूलाई सुझाब दिएका थिए । एक नेताको हैसियतले आफ्नो अस्तित्व जोगाउन र बचस्व कायम गर्न बेलाबेला विवास्पद अभिव्यक्ति दिएर बजार तताउने डा. बाबुराम भट्टराईले आफुले बन्दूक र गोलाबारुद बोकाएर माओवादी जनयुद्ध सफल बनाएको भुलेका मात्रै छैनन्, आफुले शुरु गरेको र साथ दिएको सिद्धान्तलाई भुलेर माओवादी पार्टी त्यागेर नयां पार्टी खोल्ने त कहिले ससाना पार्टीसंग एकता गरी बजार बढाउदैछन भने उनले साथ लिएर हिडेका तत्कालीन माओवादी नेताहरु त गुमनाम नै भइसकेका छन।

यस पटक पूर्व राजाको विरोधमा केही नबोलेपनि अर्को माओवादी शीर्ष नेता प्रचण्डलाई पनि ज्ञानेन्द्र भुतले तर्साईरहन्छ। प्रतिपक्षमा रहेको कांग्रेस पार्टी आफैमा अन्यौल छ राजासहित या राजारहित। कांग्रेसको यही दोधारेपनले जनतामा प्रतिपक्षप्रतिको मोह घट्नु मात्रै होइन शंकासमेत उत्पन्न भएको छ।

एउटा सामान्य नेपाली नागरिकले खोजेको न्यूनतम आवश्यकता जातिय विरुद्ध विभेद, महिला हिंसा विरुद्ध न्याय, भ्रष्टाचार विरुद्ध कुशल नीति, संघियता विरुद्ध आन्दोलन गरेको भए, न प्रचण्ड न त कुर्सीको आश उनको पछि लाग्ने उनका रजौटाहरुलाई माइतीघर मण्डलाको चिसोमा हांसो र मजाकको पात्र नै बन्नुपर्थ्यो ।

फोटो सौजन्य: पत्रकार नबीन बिकको फेसबुकबाट

भियना, अस्ट्रिया

ईनेप्लीजवाट

 

प्रतिक्रिया

सम्बन्धित खवर