१५ श्रावन २०७८, शुक्रवार

नेपालमा मात्रै होईन सम्पन्न भनिएका देशहरुमा समेत कोरोनाको खोप लगाउन मानिसहरुले दिनभरी नै कुर्नु पर्ने अवस्था आएको छ । मलेसियामा पनि खोप लगाउनको लागि विदेशि श्रमिक तथा त्यहिका वासिन्दाहरुले समेत निकै सास्ती खेप्नु परेको छ ।

त्यहाँको सरकारले स्वदेशि र विदेशि कामदारहरुलाई कुनै भेदभाव नगरी खोप लगाईराखेको छ । अवैधानिक भएर काम गरिरहेकाहरुलाई समेत कम्पनीले पत्र वनाईदिएको खण्डमा खोप लगाउनको लागि कुनै रोकतोक छैन ।

तर खोपकेन्द्रहरु सिमित भएकाले खोप लगाउने केन्द्रमा हुने भिड भने अत्याधिक नै छ ।
गएको जुलाई २८ तारिखमा त्यहाँको एउटा भिडियो सामाजिक संन्जालमा भाईरल भएको छ ।

जहाँ खोप लगाउनको लागि मानिसहरु निकै लामो लाईनमा वसेका छन र लाग्छ त्यहाँ कुनै जात्रा नै भएको छ । मलेसियाको राजधानी क्वालालम्पुरको केएलसिसि अगाडिको भिड देखेर सवै दगं छन मानौ त्यहाँ कुनै जात्रा नै लागेको छ ।

भिड अनियन्त्रित भएपछि माईकनै सामाजिक दुरी कायम गरेर रहन अनुरोध गरिएको थियो । त्यहाँको स्वास्थ विभागले पनि भिड नवढाईकन निर्धारित खोप केन्द्रहरुमा आफना कामदारहरुलाई पठाउन अनुरोध गरेको छ ।

VIDEO

प्रतिक्रिया

सम्बन्धित खवर