१३ असोज २०७७, मंगलवार

खेमलाल-हरिकला लामिछाने प्रतिष्ठानले प्रत्येक वर्ष दिँदै आएकाे पद्मश्री पुरस्कार र पद्मश्री साधना सम्मान दुबै फिर्ता लिने घाेषणा गरेकाे छ । तीन दिनअघि घाेषणा गरिएका दुबै पुरस्कार र सम्मानका विषयमा पाठकहरू मात्र हाेइन्, स्वयं स्रष्टाहरूबीच पनि निषेधकाे अवस्था आएपछि प्रतिष्ठानले दुबै सम्मान फिर्ता लिएकाे हाे ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

आज बसेको प्रतिष्ठानको आकस्मिक बैठकले रद्द गर्ने निर्णय गरेको छ ।’ प्रतिष्ठानका संरक्षक जीवा लामिछानेले  विज्ञप्ती प्रकाशित गर्दै भनेका छन्,  ‘हामी अत्यन्त दु:खी छौं, तर हाम्रो उद्देश्य कसैको भावना र संवेदनामा ठेस पुऱ्याउने कदापि थिएन । सम्मानित र पुरस्कृत स्रस्टा, साहित्यप्रेमी, तथा शुभचिन्तक महानुभावहरुको आत्मसम्मानमा पर्न गएको ठेसप्रति प्रतिष्ठान क्षमायाचना गर्दछ ।’

 

प्रतिक्रिया

सम्बन्धित खवर