 
							२३ आषाढ २०७८, बुधवार
ठमेलको ज्याठास्थित एक होटलमा चिनियाँ नागरिकले अवैध इलेक्ट्रोनिक टेबुल जुवा खेलाउने गरेको सूचनाका आधारमा छापा मार्न होटल पुगेको प्रहरीले दुर्लभ वन्यजन्तु बाघ र गाईको छाला तथा कस्तुरीको बिना बरामद गरेको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता रमेशकुमार बस्नेतका अनुसार जियाङ्गु खजना होटलभित्र दुईवटा इलेक्ट्रोनिक टेबुल, प्लास्टिकका ४१० थान गोटी राखी आपसमा नगद बाजी राखी जुवा खेलिरहेका अवस्थामा चार जना चिनियाँ नागरिक पक्राउ परेका छन् ।
उनीहरूका साथबाट आठ लाख ८९ हजार रुपियाँ, नौ सयवटा बुद्धचित्त, २० केजी रुद्राक्ष, विभिन्न बैङ्कका ३५ थान एटीएम कार्ड, २५० प्रति भौचर बरामद भएका छन् ।


 
								
 
										 
										





 
												 
												 
												 
												 
												 
												
 +977 986-4882241
 +977 986-4882241 rastradaily@gmail.com
 rastradaily@gmail.com