
” हुदैँन बिहान मिर्मिरेमा तारा झरेर नगए
बन्दैन मुलुक दुई चार सपूत मरेर नगए”
शहिद दिवसको सबैमा शुभकामना सहित “
कति सस्तो रैछ आमा
तिम्रो छोराको बलिदान
कति सस्तो रैछ आमा
तिम्रो छोराको प्राण
आमा कति खुसी
भएकी थ्यौ होला
मुटु थिचेरै भएपनि
कति गर्व गर्थ्यौ होला
तिम्रो छोराले राष्ट्रका
लागि प्राणको आहुती
दियो भनेर
आमा
आज कुप्रो परेको ढाड
मेरो ढाडस खोज्दै छ होला
गलेका गोडा मेरो साथ
खोज्दै छ होला
तिरमिराएका आँखाले
मेरो ज्योती खोज्दै छ होला
तर अपसोच!
आमा
दस धारा दूध चुसाएको
त्यो
बुढेसकालको लाठी
तिमी भन्दा धेरै पर छ
आमा खोज्दैछन होला
तिम्रा नजर बलिदानको
परिवर्तन
आखिर तिमीले पनि त
दिएकी हौ आफ्नो प्राणको
आहुती राष्ट्रका लागि
तर आमा
परिवर्तन धेरै आएछ
राष्ट्रमा
सहिद सस्तोमा लिलाम भएछ
राष्ट्रभक्त अन्धो भएछ
राष्ट्रियता भष्टचारीको
गुलाम भएछ
न्याय पैसाको
थाङ्नोमा सुतेछ
आमा तिम्रो छोराले चाहे
जस्तो परिवर्तन आएनछ
आमा देशमा
दुखी नहुनु है आमा
एकदिन पक्कै आउनेछ
छोराको बलिदानको परिवर्तन
राष्ट्रियताको बिगुल फुकेर
तिम्रो बलिदान जानेछैन खेर
✍️ प्रकाश न्यौपाने “अविरल”