कविता “भरिया”

खुइलिएको तालु
खिइएका काँध
चाउरिएका हात
गलेका गोडा
र मन्द यी नजरले
खोजिरहेछ विश्रामको
चौतारी

खुइलिएको तालुले
धानेको छ आशाको नाम्लो
खिइएका काँधले उठाएको छ
भोकको बोझ
चाउरिएका हातले
समाएको छ भरोसाको डोरो
गलेका गोडा लम्किदैछन
मन्द यी नजरले देखेका
सुनौलो सपनाको
चौतारीतर्फ

✍️ प्रकाश न्यौपाने

प्रतिक्रिया

सम्बन्धित खवर