२९ आषाढ २०७८, मंगलवार

दक्षिण कोरीयामा न्युनतम तलवमा वृद्धि गर्ने भएको छ । ज्याला निर्धारण समितिको बैठकले यस्तो निर्णय गरेको हो । यो निर्णयलाई संसदबाट पास भएपछि मात्र यो लागु हुनेछ ।
निर्णय अनुसार सन २०२२ जनवरीदेखि लागु हुने गरी साविक ज्यालामा ५ प्रतिशत अर्थात ४ सय ४० वन वृद्दि हुने भएको छ ।
तलव वढेपछि अव प्रतिघन्टा ८ हजार ७ सय २० वन बाट बढेर ९ हजार १ सय ६० वन पुग्ने छ ।

सन २०२२ देखि महिनामा २०९ घन्टा काम गर्नेले न्युनतम १९ लाख १४ हजार ४ सय ४० वन पाउनेछन् । नेपाली कामदारले कम्तीमा पनि १ लाख ९० हजार रुपैयाँभन्दा बढि बेसिक तलव थाप्नेछन् ।

मजदुर संगठनले भने १० हजार वन भन्दा बढि वृद्धि हुनुपर्ने प्रस्ताव राखेका थिए । तर सरकार र व्यावसायीले ज्याला धेरै वृद्धि गर्न सहमत नभएपछि मजदुर संगठन केसिटियु लगायतले कम ज्याला वृद्धि गरेकोमा सरकार र कम्पनी व्यावसायीको घोर विरोध गरेको आप्रवासी मजदुर संगठन (MTU) का अध्यक्ष उदय राईले बताएका छन् ।

न्युनतम ज्याला वृद्दिका लागि दक्षिण कोरिय मजदुर संगठन ( KCTU), आप्रवासी मजदुर संगठन (MTU) लगायत मजदुर संघ संगठनले निरन्तर धर्ना, दवाव दिईरहेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर