२७ आषाढ २०७८, आइतवार
एनआरएनए दक्षिण कोरीयाले नेपाल पत्रकार महासंघ दक्षिण कोरियामाथि डेटा चोरीको आरोप लगाउदै महासंघविरुद्ध कोरियाको स्थानीय प्रहरीमा उजुरी दिएको छ ।
संस्थाको गोप्य डेटा कोरियाको प्रचलित कानुनको उल्लंघन गरी सार्वजनिक गरिदिएको भन्दै शाखा अध्यक्ष रञ्जनराज कुँवरको नाममा राजधानी सिओलस्थित छोङगाक प्रहरी स्टेसनमा उजुरी दिइएको एनआरएनए कोरियाका अध्यक्ष यज्ञराज सुवेदीले जानकारी दिए।
यसअघि एनआरएनए कोरियामा आठौँ समितिको निर्वाचनका लागि स्वीकृत भएका मतदाताको सूची पत्रकार महासंघ कोरिया शाखाको फेसबुक पेजबाट सार्वजनिक भएको थियो।
यता शाखाका अध्यक्ष कुँवरले आफूले संस्थाको फेसबुक पेजमा तेजप्रेमी नाम गरेको फेसबुक अकाउण्टमार्फत् उक्त डेटा प्राप्त गरेको तर, उक्त व्यक्तिको पहिचान नगरी आफूले फेसबुकमा लिंक पोस्ट गरेको र आफूले त्यसरी पोस्ट गर्नु गल्ती भएको भन्दै आत्मालोचना गरिसकेको उनले बताए।