स्याङ्जा -“बालबालिकामा गरिएको लगानी, सुनिश्चित भविष्यको थालनी” भन्ने नाराका साथ कालीगण्डकी गाउँपालिका वडा नं. ७ मिर्मीमा बालमैत्री तथा पोषणमैत्री स्थानीय शासनका नीतिगत, प्रक्रियागत कार्यान्वयनका लागि आवश्यक अवलम्बन र घोषणा प्रक्रिया सम्बन्धी वडास्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रम २०८२ वैशाख १६ गते सम्पन्न भएको हो। यस अभिमुखीकरणले बाल अधिकार, पोषण सुरक्षाको प्रत्याभूति, बालमैत्री नीतिहरूको स्थानीय तहमा प्रभावकारी कार्यान्वयन र अभिलेखीकरण प्रक्रियामा ध्यान केन्द्रित गरेको थियो।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

कार्यक्रममा वडा अध्यक्ष, महिला तथा बालबालिका प्रतिनिधि, स्वास्थ्यकर्मी, शिक्षक, सामाजिक अगुवा, स्थानीय बाल अधिकार सरोकारवाला तथा स्वयं बालबालिकाहरूको सहभागिता उल्लेखनीय रह्यो।

अभिमुखीकरणबाट बालमैत्री तथा पोषणमैत्री स्थानीय शासनका मानकहरू पालिकास्तरमै लागू गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर