
स्याङ्जा — “समृद्ध गाउँपालिका, सुखी नागरिक” र “बालबालिकामा गरिएको लगानी, सुनिश्चित भविष्यको थालनी” भन्ने नारासहित कालीगण्डकी गाउँपालिकाले बालमैत्री स्थानीय शासनका सूचकहरू मापनयोग्य सरलीकरण तथा बालमैत्री/पोषणमैत्री आचारसंहिता निर्माणसम्बन्धी कार्यशाला आयोजना गरेको छ।
कार्यक्रम २०८२ वैशाख १४ गते गाउँपालिकाको सभाहलमा सम्पन्न भएको हो। कार्यशालामा बालबालिका मैत्री नीतिहरूलाई व्यवहारिक कार्यान्वयन र मूल्याङ्कन गर्नुपर्ने आवश्यकता र रणनीतिहरूबारे छलफल गरिएको थियो।
कार्यक्रमको आयोजना स्थानीय सरकार कालीगण्डकी गाउँपालिका, बिर्घा, स्याङ्जाले गरेको हो। कार्यशालामा पालिकास्तरीय जनप्रतिनिधि, कर्मचारी, सरोकारवाला संघसंस्था तथा शिक्षा, स्वास्थ्य र पोषण क्षेत्रका प्रतिनिधिहरूको सक्रिय सहभागिता देखिएको थियो।
कार्यक्रमले भविष्यमा बालबालिकाको हितलाई केन्द्रमा राखेर नीति निर्माण तथा लागू प्रक्रियामा थप प्रभावकारिता ल्याउने अपेक्षा गरिएको छ।