
स्याङ्जा — स्याङ्जा जिल्लाका विभिन्न नगरपालिका तथा गाउँपालिकाबाट प्रतिनिधित्व गरेका स्वास्थ्यकर्मीहरूका लागि ३ दिने मोडुलर तथा रिफ्रेसर तालिम सुरु गरिएको छ। तालिम २०८२ वैशाख ९ गतेदेखि ११ गतेसम्म कालीगण्डकी गाउँपालिका अन्तर्गत बिर्घास्थित करन्डाँडा स्वास्थ्य चौकीमा सञ्चालन हुँदैछ।
क्षयरोग (Tuberculosis) नियन्त्रण तथा उपचारसम्बन्धी दक्षता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित यस तालिममा स्वास्थ्यकर्मीहरूलाई नवीनतम स्वास्थ्यसम्बन्धी जानकारी, कार्यपद्धति र व्यावसायिक क्षमता विकासका विषयमा तालिम दिइँदैछ।
तालिम कालीगण्डकी गाउँपालिका, प्रदेश जनस्वास्थ्य कार्यालय स्याङ्जा, र स्याङ्जा जिल्लाका नगरपालिका तथा गाउँपालिकाहरूको संयुक्त समन्वय तथा व्यवस्थापनमा सञ्चालन गरिएको हो।
आयोजक संस्थाहरूको विश्वास छ कि यस किसिमको तालिमले स्थानीय तहमा कार्यरत स्वास्थ्यकर्मीहरूको ज्ञान र सीप अभिवृद्धि गरी क्षयरोग नियन्त्रणमा प्रभावकारी योगदान पुर्याउनेछ।