
कालिगण्डकी गाउँपालिकाको वडा नं. ७ स्थित मिर्मी छितार लिफ्टिङ्ग खानेपानी तथा सिंचाइ उपभोक्ता समितिको गठन भएको छ। वडाध्यक्ष श्री उम प्रसाद भट्टराई (प्रकाश) को अध्यक्षतामा आयोजित भेलामा समितिका पधाधिकारिहरू चयन गरिएको छ। यस समितिको गठनले गाउँको खानेपानी र सिंचाइ योजनामा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ।
समितिका चयन भएका पधाधिकारिहरू:
– अध्यक्ष: श्री रमेस प्रसाद भट्टराई
– सचिव: श्री दुर्गा प्रसाद भट्टराई
– कोषाध्यक्ष: श्री कोपिला पाण्डे
सदस्यहरू:
– श्री अम्बिका न्यौपाने
– श्री लक्ष्मी भट्टराई
– श्री गुरु प्रसाद भट्टराई
– श्री बिस्णु प्रसाद भट्टराई
– श्री भिम प्रसाद भट्टराई
– श्री ढुण्डि राज न्यौपाने
समितिले यो कार्यकालमा पारदर्शिता सुनिश्चित गर्दै सबै उपभोक्ताहरुको राय र सुझावलाई सम्मान गर्ने प्रण गरेको छ। यस समितिको मुख्य उद्देश्य भनेको गाउँमा सञ्चालित परियोजनामा सबैका सुझाव र सक्रिय सहभागिता सुनिश्चित गर्नु हो। समितिले सबै उपभोक्तासँग सहकार्य गर्दै परियोजनासम्बन्धी हरेक कार्यमा पूर्ण पारदर्शिता अपनाउने प्रतिबद्धता जनाएको छ।
समिति सदस्यहरूको उद्देश्य:
– परियोजनासम्बन्धी कार्यहरूमा पूर्ण पारदर्शिता
– उपभोक्ताका राय र सुझावलाई प्राथमिकतामा राखेर योजना बनाउने
– समुदायको सामाजिक र आर्थिक विकासमा योगदान पुर्याउने
समितिले यस कार्यकालमा सबैलाई सहकार्य र सहयोगको लागि आह्वान गर्ने जानकारी दिएको छ, र परियोजनालाई सफल बनाउनका लागि सबैको योगदानको आवश्यकता औँल्याएको छ।
समितिको गठनले खानेपानी र सिंचाइका योजनाहरूलाई समृद्ध बनाउनमा ठूलो योगदान पुर्याउने विश्वास गरिएको छ।
#मिर्मी_छितार_लिफ्टिङ्ग #खानेपानी #सिंचाइ #उपभोक्ता_समिति #समाज_विकास #पारदर्शिता