स्याङ्जा, १ चैत्र २०८१ – कालीगण्डकी प्रज्ञा प्रतिष्ठानले हिजो, फागुन २९ गते, प्रथम कालीगण्डकी सांस्कृतिक र खाना महोत्सवको आयोजना गर्‍यो। महोत्सवमा विभिन्न जातजाति र समुदायका परम्परागत संस्कृतिहरू र सांस्कृतिक धरोहरहरूलाई भव्यतासाथ प्रस्तुत गरिएको थियो।

यस महोत्सवको विशेष आकर्षणमा, कालीगण्डकी अस्पताल मिर्मीको सहयोगमा नसर्ने रोगको स्क्रिनिङ र महिलाहरूको पाठेघरको मुखको क्यान्सर (VIA) सम्बन्धी स्वास्थ्य शिविरको आयोजना पनि गरिएको थियो, जसले समुदायका सदस्यहरूलाई स्वास्थ्यका महत्त्वपूर्ण जानकारी र सचेतना प्रदान गरेको कालीगण्डकी अस्पतालका प्रमुख डा. रोजन के.सी.ले राष्ट्र डेलीलाई बताउनु भयो।

महोत्सव श्री नव जनजागरण युवा क्लबको खेल मैदान, भुष्टुङ, कालीगण्डकी – ३ मा सम्पन्न भएको थियो।

यस महोत्सवले स्थानीय सांस्कृतिक धरोहरको जगेर्ना गर्दै स्वास्थ्यका महत्वपूर्ण विषयमा सचेतना फैलाउने काम पनि गर्‍यो।

प्रतिक्रिया

सम्बन्धित खवर