विभिन्न पेशा,व्यवसाय अंगालेर पोखरामा रहँदै आएका कालीगण्डकीवासि पोखरेलीहरुले सामाजिक सेवा भावका साथ गठन गरेको संस्था “कालीगण्डकी स्याङ्जा पोखरा सम्पर्क समाज”को पाँचौ साधारणसभा एवं तेस्रो अधिबेशन आज पोखरामा सम्पन्न भएको छ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

ब्राउन आइज पार्टी प्यालेस बास्तोलाथरमा आज सम्पन्न अधिबेशनले आगामी कार्यकालको लागि अध्यक्ष जिवलाल न्यौपाने(राजु),उपाध्यक्ष बिष्नु भट्टराई पाण्डे,सचिव लिला वल्लव न्यौपाने,सहसचिव भिमलाल भट्टराई,कोषाध्यक्ष मनिराज भट्टराई,सदस्यहरुमा हरिकला पाण्डे (महिला)सदस्य,पवित्रा पाण्डे(वडा नं ५ संयोजक) सदस्य,राजन पाण्डे(वडा नं ४ संयोजक)सदस्य,वेद प्रसाद भट्टराइ”राजु”(वडा नं ६ संयोजक)सदस्य, जय प्रकाश घिले(वडा नं. ३ संयोजक)सदस्य,गोपाल भट्टराइ(वडा नं ७ संयोजक)सदस्य,टिका ब.झेंडी (वडा नं २ संयोजक)सदस्य,रुकेस सुनार (वडा नं १ संयोजक)सदस्य गरि जम्मा १३ सदस्यीय समिती चयन गरेको छ।

समाजका अध्यक्ष लक्ष्मण न्यौपानेको अध्यक्षता,गण्डकी प्रदेश सभा सदस्य माननीय महेश भट्टराईको प्रमुख आतिथ्यता रहेको कार्यक्रमलाई बिष्णु भट्टराई(पाण्डे)ले संयोजन गर्नुभएको थियो भने निर्वाचन मण्डलका संयोजक भोजराज पाण्डेले निर्वाचित पदाधिकारीको नामावली वाचन गरेर सुनाउनुभएको थियो।

कार्यक्रममा विभिन्न पेशा,व्यवसाय अंगालेर पोखरामा बस्दै आउनुभएका कालीगण्डकीवासीको उल्लेख उपस्थिति रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर