कालीगण्डकी गाउँपालिका स्याङ्जाले आयोजना गरेको पाँचौ अध्यक्ष कप तथा कालीगण्डकी खेलकुद महोत्सव २०८० मा विभिन्न विद्याका खेलाडीहरुले आफ्नो खेल क्षमता प्रदर्शन गरिरहेका छन।
कालीगण्डकी ७ स्थित मिर्मी खेलमैदानमा जारी अध्यक्ष कप एवं कालीगण्डकी खेलकुद महोत्सवमा कालीगण्डकी ४ का बुद्धिचाल तर्फका खेलाडी विवेक पाण्डे ५ अंक सहित स्वर्ण पदक हात पारेका छन।
त्यस्तै बुद्धिचालकै वडा नं ५ का एकिन थापा ४ अंक सहित रजत,वडा नं १ का हरिश्चन्द्र ३ अंक सहित कास्य पदक हात पारेका छन।


शारीरिक रुपले फरक क्षमता भएका र हालसम्म औपचारिक शिक्षा नलिएका विवेकले कुशलता पुर्वक बुद्धिचालका गोटि चालेर अन्य प्रतिस्पर्धीलाई टक्कर दिदै बुद्धिचाल तर्फको स्वर्णपदक विजेता बनेका छन।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl


मंसिर २९ गते राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना द्वारा समुद्घाटन भएको प्रतियोगिता एवं खेलकुद महोत्सवको आज विधिवत रुपमा समापन हुदैछ।

प्रतिक्रिया

सम्बन्धित खवर