कालीगण्डकी ४ निवासी गीतकार एवं समाजसेवी दयाराम पाण्डेयले मानव सेवा आश्रममा भोजन गराएर आफ्नो जन्मदिन मनाउनुभएको छ।
गीतकार पाण्डेले काठमाडौ बालाजु वनस्थलीस्थित मानव सेवा आश्रममा दुई सय जनाभन्दा धेरै जेष्ठ नागरिक र भिन्न क्षमता भएका व्यक्तिहरूलाई भोजन गराएर आफ्नो जन्मदिन मनाउनुभएको हो ।
उक्त अवसरमा आफ्नो संक्षिप्त मन्तव्य राख्दै उहाँले आफूले गीत लेखेर आर्जन गरेको रुपैयाँबाट केही रुपैयाँ समाजसेवामा खर्च गर्न पाउँदा निकै खुशी लागेको बताउनुभयो ।
‘यो पैसा मैले साथीभाईसङ्ग रमाइलो गरेर एकैछिनमा उडाउन पनि सकिन्थ्यो।’ उहाँले भन्नुभयो,’तर भोको हुनेको पेट भर्नु नै वास्तविक धर्म हो भन्ने लागेर मैले यसो गरे।’ साथै उहाँले आगामी दिनमा आफुले आफ्नो एकल गीति सङ्ग्रह र आफ्ना सिर्जनाहरुको कृतिको स्वरूप दिने समेत जानकारी गराउनुभयो ।
गीतकार पाण्डेयले चलचित्र र आधुनिक गरि करीब एक हजार गीत लेखिसक्नुभएको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्रतिक्रिया

सम्बन्धित खवर