२० आषाढ २०७८, आइतवार

एनआरएनए जापानको युवा संयोजकमा राजेश खनालले आफनो उम्मेदवारीको घोषणा गरेका छन ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

एनआरएनए जापानको दशौ महाधिवेशन नजिकिदै गर्दा राजेशले युवा संयोजकको उम्मेदवारी घोषणा गरेका हुन ।
यस अघिको कार्यकालको सदस्य रहेका राजेशले संस्थाभित्र भएका कमजोरी र गलत प्रवृतिको निरन्तर खवरदारी गर्दे आईरहेका थिए ।गलत प्रवृति भएकाहरुलाई पराष्त गर्दै दुस्ख र आपतका बेलामा सहयोगमा जुटी भरोसा,आत्मियताको संगठन र उच्च छबि निर्माण गर्न आफू लागिपर्ने राजेशले वताए ।
निःस्वार्थ भावले एनआरएनएमा आबद्ध भएको हुदाँ अन्जानबस भएका गल्तीलाई स्विकार्ने हिम्मत राखेको र बिगतको अनुभवका आधारमा केहि गर्न सक्छु भन्ने आत्मविश्वास ,अग्रज तथा अनुजहरुको अनुरोधमा आफुले युवा संयोजकमा उम्मेदवारी दिएको खनाल वताए ।

नेपालमा रहदा देखि नै सामाजिक क्षेत्रमा लागेका राजेश जापानका रहेका विभिन्न संघसंस्थाभित्र रहेर समाजसेवाको काम गरिरहेका छन ।
एनआरएनए भित्र रहेर संस्थालाई वदनाम गराउनेको विरुद्ध मेरो उम्मेदवारी हो उनले राष्ट्र डेली संगको कुराकानीमा भने ।

 

प्रतिक्रिया

सम्बन्धित खवर