९ माघ २०७७, शुक्रवार

जापानमा सवारी दुर्घटनामा एक नेपालीको मृत्यु भएको छ । मंगलवार विहान काममा जानेक्रममा दुर्घटना भएको थियो ।

गुन्मा राज्यको ओइजुमि गाउँमा तिव्रगतिमा आएको ट्रकले मोटरसाईकलमा सवार ती युवतीलाई ठक्कर दिएको थियो ।

दुर्घटना पश्चात घाईते भएकि ती युवतीलाई तातेबयासिमा रहेको अस्पतालमा पुरयाईएको भए पनि अस्पताले उनलाई मृत घोषणा गरेको थियो ।

२८ वर्षकि ति नेपाली युवती चार वर्षदेखि परिवार संग वस्दै आएकि थिईन ।

मृतकको नेपालको ठेगानाको वारेमा भने प्रहरीले केहि पनि वताएको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर