काठमाडौं, ३१भदौ । विदेश मामिलाका जानकार तथा पूर्व राजदूत प्रा.डा. लोकराज बरालले नेपाल–भारत द्धिपक्षीय सम्बन्ध सुमधुर र प्रगाढ भयो भनेर भन्न नसकिने स्पष्ट पारेका छन् । तर, रोकिएको सम्बन्ध अलिकति खुलेको उनको भनाई छ ।

उनले भने,‘अहिले नै म दुई देशबीच प्रगाढ सम्बन्ध छ भनेर भन्न सक्दिन् ।’ नेपाल र भारतका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुरु हुँदैमा सम्बन्ध प्रगाढ नहुने पनि जिकिर गरे । उनले भने,‘यो टेलिफोनले कुरा गर्नको लागि अलिकति बाटो खुलाएको छ । तर, अहिले नै सम्बन्ध सुमधुर भयो, राम्रो भयो । विश्वासिलो भयो भनेर भन्न सकिँदैन् ।’ भारतलाई आफ्नो छिमेकीहरुसँग सम्बन्ध बिग्रियो भन्ने लागेकोले उसले नेपालसँगपनि सम्बन्ध सुधार गर्न चाहेको बरालले स्पष्ट पारे ।

तर, द्धिपक्षीय सम्बन्ध कुन तह र कुन परिप्रेक्ष्यमा सुधार हुने हो ? भनेर अहिले नै भन्न नसकिने उनको भनाई छ । उनले भने,‘सिमानाको जुन विषयमा हामी अडिएका छौं, यो विषयमा त धेरै टाईम लाग्छ ।’ बरालले सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नफुटोस भनेर चिनियाँहरुले पनि चाहना राखेको टिप्पणी गरे । नेकपा चाईनाले मिलाईदिएको हो भन्ने तपाईको भनाई हो ? भनेर पत्रकार धमलाले सोधेको प्रश्नमा बरालले भने,‘नेकपा चाईनाले पनि बनाईदिएको हो, यिनीहरु आ–आफ्नो अस्तित्व रक्षाको निम्ति तम्सिएका हुन् । चाईनाले फुट्नपनि नदिएकै हो । अब चाईनिजको त सक्रिय भूमिका देखेकैछौं नि हामीले । रीपोटर्स नेपालबाट

प्रतिक्रिया

सम्बन्धित खवर