१८ भाद्र २०७७, बिहिवार

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बिहीबार बसेको सचिवालय बैठकले पार्टी उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने निर्णय गरेको छ। यद्यपि, यस खालको निर्णय फागुन १४ मै पनि गरिएको थियो। तर, यसबीचमा युवराज खतिवडालाई नै दोहोर्‍याउने वा गौतमलाई लैजाने भन्ने विषयमा पार्टीभित्र दुई पक्षबीच संघर्षको स्थिति थियो।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

गौतम २०७४ सालमा सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पराजित नेता हुन्। तर चुनावमा पराजित भए पनि उनले सांसद बन्ने अनेक प्रयास गरेका थिए। झन्डै दुई वर्षको प्रयास सफलताको नजिक पुगेको छ। उनले नेपाल लाइभसँग संक्षिप्त कुराकानी गरेका छन्।

पार्टी सचिवालय बैठकले राष्ट्रियसभा सदस्य बनाउने निर्णय गरेको छ। कस्तो लाग्दैछ?
थोरै भए पनि जिम्मेवारी थपिएको छ।

राष्ट्रियसभामा तपाईंबाट कस्तो भूमिकाको अपेक्षा गर्ने? तपाईंको प्राथमिकता के हुन्छ?
राष्ट्रियसभा सदस्यको नाताले भूमिका खेल्छु। राष्ट्रियसभामा विधेयकहरु आउँछन्। नीति तथा कार्यक्रममाथि छलफल हुन्छ। यस्तैमा भाग लिने हो। राष्ट्रियसभाको नियमावली हुन्छ। त्यही अनुसार आफ्नो भूमिका देखाउने हो। यसका अतिरिक्त सरकारमा जिम्मेवारी पाइयो भने मेरो काम र क्षमता त्यहाँ प्रकट हुन्छ।

तपाईंलाई अब मन्त्रीको रुपमा देख्न पाइन्छ?
मैले प्रधानमन्त्रीलाई भन्ने हो। उहाँले के गर्नुहुन्छ।

नेपाललाईभवाट

प्रतिक्रिया

सम्बन्धित खवर