१९ आषाढ २०७८, शनिवार

नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री खगराज अधिकारीले पार्टीलाई एकताबद्ध बनाउनको लागि सबै नेता जिम्मेवार बन्नुपर्ने बताएका छन् । उनले हिजोको बैठकले बादलसहितका नेताहरुलाई केन्द्रीय कमिटीमा ल्याउँदा कसैले पनि आपत्ति मान्नुपर्ने विषय नभएको पनि जिकिर गरे।पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले माधव नेपालसहतिका नेताहरुलाई बिना शर्त भोलिको केन्द्रीय कमिटी बैठकमा सहभागी हुनको लागि पनि आग्रह गरेका छन् । प्रस्तुत छ नेता अधिकारीसँग पत्रकार धमलाले गरेको कुराकानीको सम्पादित अंश :

तपाईँहरुले अवैद्य कमिटीको अवैद्य बैठक राख्नुभयो अरे ? अनि माधव नेपालले त तपाईँहरुले बोलाएको बैठकमा जान्नँ भनेर भनिसक्नुभयो नि ?

केपी ओलीले न कहिले जालझेल गर्नुहुन्छ, न षड्यन्त्र गर्नुहुन्छ । उहाँको त सधैं सिधासिधी नै कुरा हुन्छ । नेकपा एमालेले अब केन्द्रीय कमिटी जुन बनेको थियो, पार्टी एकीकरणको प्रक्रियामा आएका साथीहरुलाई उहाँहरुले सैद्धान्तिक रुपमा स्विकार गर्नुपनि भएको छ । त्यसैले ती केन्द्रीय कमिटीको बैठक हामी भोलिलाई बोलाउँदैछौं । त्यो बैठकमा सबै आएर पार्टीलाई एकताबद्ध बनाएर जाने कुरामा उहाँहरुको साथ र समर्थन रहन्छ भन्ने कुरामा हामी विश्वस्त छौं ।

एमाले महाधिवेशन आयोजक कमिटी त अवैद्य रहेछ नि ? अनि माधव नेपालले यसले गरेको निर्णय किन र कसरी मान्ने त ?

यो अवैद्य थिएन । अब तपाईँलाई म बताईदिउँ–पार्टीको विधान, पद्धती, परम्परा, निर्वाचन कानून २०७३ को समेतलाई गहिरो अध्ययन नगरीकन, निर्वाचनसमेतलाई गहिरो विश्लेषण नगरिकन अन्तरिम आदेश चाहीँ सर्वोच्च अदालतले जारी गरिदियो । त्यसो भएकोले अदालतका फैसलाहरु हामीले पालना गरेका हौं । त्यो अन्तिम निर्णय होईन् । र, हामीलाई थाहा छ, हामी भ्याकेटमा पनि गएका छौं । अदालतले कानून हेरेर नै अन्तिम निर्णय गर्नेछ । यसमा हामी पूर्ण विश्वस्त छौं । अब भ्याकेटमा गएकोले, यसमा कति समय लाग्छ त्यो हेर्नुपर्छ । तर, हामीले अदालतको अन्तरिम आदेशलाई पालना गरेका हो । हामी अवैद्यपनि होईनौं । हामी कानूनसम्मत्, विधिसम्मत्, नेपालको कानून र ऐनको विधिअनुसार र संविधानअनुसार काम गरेका छौं । यो कुरा माधव नेपाललाई पनि थाहा छ । अरुलाई पनि थाहा छ । तरपनि उहाँहरुले जेठ २ मा फर्किए हामी आउँछौं भनेकोले त्यसलाई मध्यनजर गरेर हिजोको निर्णय गरेको हो ।

तर, तपाईँहरु त फेरि पनि उल्टो बाटो हिँड्नुभयो अरे, माधव नेपाल समूहले त यही टिप्पणी गरेको छ नि ?

यो त अब, हामी विनम्रतापूर्वक के भन्छौं भने एमालेलाई जुटाएको हो र ? शेरबहादुरलाई प्रधानमन्त्री बनाउँछु भन्ने ? अनि फ्लोर क्रस गर्ने, अनि विपक्षीसँग गठबन्धन गरेर अब राष्ट्रियसभामा दुई ठाउँमा फरक मान्छेलाई, पार्टीको आधिकारिक उम्मेद्धवारलाई हराउने कुरा के पार्टीलाई एकताबद्ध गरेको हो र ? त्यसकारण यो उहाँहरुले भन्नै मिल्दैन् । उहाँहरु यो भन्न मिल्ने ठाउँमा नै हुनुहुन्न । तर, पनि उहाँहरु अब महशुस गरेर आउनुहोस । जे भयो, हिजो तितो हुनुभयो । अब तपाईँहरुको पनि योगदान थियो यो एमाले बनाउन । यो कुरालाई स्मरण गर्दै फेरि पनि नेकपा एमाले एकताबद्ध बनाऔं भनेका छौं हामीले त । यो उहाँहरुको लागि महत्वपूर्ण र अन्तिम अवसर हो । यसलाई उहाँहरुले गुमाउनु हुनेछैन भन्ने हाम्रो विश्वास छ ।

तर, हिजो विपक्षी गठबन्धन र खासगरी माधव नेपालले त केपी ओलीको कदम भनेको त मुलकु र मुलुकवासीको लागि घातक छ भनेर भन्नुभयो छ, यसलाई कसरी लिनुहुन्छ ? माधव नेपालले त केपी ओलीकै कारण नेपालमा लोकतन्त्र खतरामा छ भन्नुभयो नि ?

उहाँले घातक भन्नुभयो भन्ने कुरा गर्नुभयो, यदि भनेको हो भने उहाँले गलत कुरा भन्नुभयो । घातक काम त के हुन्छ भनेर आफ्नो पार्टीको सरकार ढाल्ने, प्रमुख प्रतिपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउने, सरकारले विश्वासको मत लिँदा अनुपस्थित् हुने, ह्वीप उल्लंघन गर्ने, दलसम्बन्धी कानूनलाई बर्खिलाप गर्ने र संसदीय परम्पराको विपरित जाने, निर्दलीय परम्परालाई आत्मसात् गर्ने अनि सही लोकतन्त्र हो भन्न खोज्नेजस्तो प्रतिगमन, पश्चगमन कुरा र दृष्टिकोणलाई फेर्नुपर्छ । जसले गरेपनि । माधव नेपालले गरेपनि, या अरु कसैले गरेपनि । यस्ता कुरा फेर्नुपर्छ । त्यस्ता कुराको पछि लाग्नुहुन्न । यो त शासन, व्यवस्था र प्रणालीको विरुद्धमा हुन्छ । संघीयताविरुद्ध, लोकतन्त्रविरुद्धजस्ता कुरालाई निर्ममतापूर्वक, ज–जसले गल्ती गरेपनि सच्याउनुपर्छ । म यही अनुरोध गर्छु ।

हिजो तपाईँहरुले एमालेलाई २०७५ जेठ २ गते नभएर २०७७ फागुन २८ गते फर्काउनुभयो अरे नि ?

उहाँहरु त्यो भनिरहनुहुन्छ । तर, उहाँहरुको मनलाई यो कुरा थाहा छ । उहाँहरुले अब कसम र किरिया नै खाएर, एमाले टुक्र्याएरै अरु विपक्षीहरुसँगै, प्रतिक्रियावादीहरुसँगै गठजोड गर्नैपर्ने बाध्यतामा पुगेको वा कोही फसकेको छ भने त्यो फसाईकाप्रति अझै पनि रेस्क्यु गर्न तयारै छौं । नत्र यस्ता किसिमका गलत, अफवाह र झुठ कुराहरु गर्न आवश्यक छैन् ।

तर, माधव नेपालले त ओलीसँग प्याकेजमै सहमति नभएसम्म हामी बैठकमा जान्नौं भनेर प्रतिक्रिया दिनुभएको छ नि ? अब तपाईँहरु के गर्नुहुन्छ ?

अब पार्टीले बैठक बोलाउने हो । अध्यक्षले बैठक बोलाउने हो । महासचिवले बैठक बोलाउने हो । पार्टीको विधान अब मान्दैनौं, पद्धती मान्दैनौं, नीति र सिद्धान्त मान्दैनौं, महाधिवेशन मान्दैनौं भन्नको लागि व्यक्तिगत रुपमा छुट छ । तर, अब दुईपक्षीय वा बहुपक्षीय होईन, उहाँहरुले गल्ती गर्नुभयो । पार्टी अध्यक्षलाई आरोप लगाउनुभयो । प्रचण्डसँग बहकावमा जानुभयो । अनि पछि फर्कन उहाँहरुलाई अलि लज्जाबोध भयो । यो पनि हुनसक्छ । हामी त्यसलाई बिर्सन्छौं भनेकै छौं । अब उहाँहरुलाई हिनताबोध भयो होला । हिनताबोध नपालिकन आउनुहोस। इतिहासको कालखण्डमा पार्टी एकता गर्दा यस्ता केही घट्नाहरु घटे भनेर यसलाई बिर्सने र प्रेस स्र्टाट गर्ने भनेकै छौं । त्यसो भएको हुनाले यसलाई हिनताबोधले सताएको हुनसक्छ । अब पश्चात्मा अल्झिएर होईन, नयाँ जोश र जाँगरका साथ किसान, महिला, मजदुर र पछाडि परेका जनताहरुको जीवनस्तर उकास्नको लागि अब यो कोभिड १९ विरुद्ध लड्नको निम्ति, बाढि÷पहिरोले यत्रो क्षति पुर्याएको छ, यसको लागि पनि सिंगो देश एकताबद्ध हुनुपर्छ । तपाईँहरुले हिजो विगतमा गरेका एकदमै अशोभनीय कार्यलाई पनि हामी बिर्सन चाहन्छौं । तपाईँहरु आउनुहोस भनेर भनेकै छौं । अब एकताबद्ध हौं भनेका छौं । यहाँ जित÷हारको प्रश्नै छैन नि । नेकपा एमालेको प्रश्न छ । नेकपा एमालेलाई बलियो बनाउनुपर्छ । उहाँहरुको विचारलाई पनि हामी सम्मान गर्छौं । यदि उहाँहरुकै विचार सही छन् भने पनि मान्छौं । हामी छलफलमा भाग लिन्छौं । अन्यथा सपथ नै खाएको छ, जौ, कुश र तिल लिएर एमाले टुक्र्याएरै मात्रै, मैले कसैलाई रिझाउन संकल्प गरिसकेको छु भनेर कसैले भन्छ भने अब त्यो भविष्यमा उद्घाट्न हुन्छ । नत्र भने अब कोही कसैले ईगो लिनुपर्ने अवस्था छैन् ।

तपाईँहरु उहाँहरुसँग प्याकेजमा सहमति गर्नुपर्यो रे ?

होईन, प्याकेजमा मात्रै होईन । सग्लै गर्ने हो । के के मा गर्ने हो ? त्यो कुरा त पार्टी कमिटीको बैठकमा आएर भने भैगयो त । यसमा प्योकज चाहिने हो कि ? सिंगै चाहिने हो कि ? ख्वार्रै जम्मै भन्ने हो कि ? अब उहाँले आएर आँफै महाधिवेशनमा अध्यक्ष हुने हो कि ? सबै भन्दा भयो नि अब त । कुनै अवरोध नै रहेन । हिजोको जडसुत्री कुरा भयो । अब आज त्यस्तो होईन् । अब यो बैठक नै छोड्छु भन्ने हो भने त यसमा हामीलाई लाग्यो र ? अब नेकपा एमाले नै छोड्छु भन्ने हो भने त के लाग्यो र ? तर, नेकपा एमाले भनेको पार्टीको महाधिवेशनले निर्वाचन गरेको सम्पूर्ण संरचनासहितको नेकपा एमाले हो । उहाँहरुले समेत बनाएको नेकपा एमाले यही हो । अरु कुरा गर्नु भनेको फर्जी, नक्कली र वाहियता कुरा हो ।

तर, तपाईँहरुले असंवैधानिक कमिटीको बैठक राखेर केन्द्रीय कमिटीको बैठक बोलाउनु भयो अरे, अनि महाधिवेशन आयोजक कमिटी बनाएर त्यहाँका सदस्यहरुलाई केन्द्रीय कमिटीमा समाहित गर्नुभयो अरे क्या ?

यदि माधव नेपालले यो कुरा गर्नुभयो हो भने उहाँले गल्ती गरिरहनुभएको छ । उहाँले एकपछि अर्को गल्ती गर्नुभएको छ । नेताले अलिकति संयमतता हुनपनि जान्नुपर्छ । जनताको आस्था पनि गुमाउनुहुँदैन् । त्यसमा कुनै व्यवधान नै छैन् । उहाँले भन्न खोजेको र बनाउन खोजेका कुरा सबै पार्टी कमिटीमा राखे भयो नि । यसलाई एजेण्डा नै बनाएर समावेश गरे भैहाल्छ नि ।

तर, माधव नेपालले त केपी ओलीले सर्वोच्च अदालतको फैसलालाई प्रभावित पार्नको लागि चाल चालेको हो, म यसलाई साथ दिन्नँ भन्नुभएको छ नि ?

सर्वोच्च अदालतको फैसलासँग यसको कुनै सरोकार छैन् । अदालत स्वतन्त्र छ । उहाँहरुले प्रभावमा पार्ने बानी पार्नुभएको छ । अदालत आफ्नो काम गर्छ । राजनीतिक दलहरु लोकतन्त्रका पिलर हुन् । राजनीतिक दलहरु आवधिक महाधिवेशन, निर्वाचन यीनै मान्यताको आधारमा हुन्छन् । राष्ट्रिय पार्टीका मान्यताका विधि, विधानहरुको साथ अगाडि जानुपर्छ । सर्वोच्च अदालतले एमालेको महाधिवेशन आयोजक कमिटीको हकमा गलत कुरा गर्यो । विधानविपरित कुरा गर्यो । दलसम्बन्धी कानूनको विपरित कुरा गरेको हो । गरेपनि उसले फैसला गरेपछि, अन्तिम फैसला हुन बाँकी छ । अन्तिम फैसला कहिले हो, हामी कुर्छौं ।

तर, २३ जनालाई तपाईँहरुले पूर्व माओवादी केन्द्रबाट केन्द्रीय कमिटीमा थप्नुभयो नि त ? यो गलत भयो अरे ?

ए बाबा!, उहाँ प्रचण्डको चाहिने दिनदिनै अब साउती मार्नुभएको छ । प्रचण्डसरहको बादललाई के उहाँ बाहिर राख्न सक्नुहुन्छ ? ल हाकाहाकी भन्नुहोस ? बादलबाहेकको नेपाल कम्युनिष्ट आन्दोलनको कल्पना गर्न सक्नुहुन्छ ? माधव नेपालको मात्रै भूमिकाले हुन्छ ? केपीको मात्रै भूमिकाले हुन्छ ? बादलको भूमिका छैन कम्युनिष्ट आन्दोलन निर्माण गर्न ? प्रचण्डको पनि गलत नै होला, उनको पनि त योगदान छ । प्रचण्ड र बादल हलगोरुजस्तै होईन ? उहाँलाई मिनिमाईज गरेर जान सक्नुहुन्छ उहाँ ? हाकाहाकी भन्नुहोस त । यो कुरा सोध्नुहोस उहाँलाई ? उहाँले के बादलको कम्युनिष्ट आन्दोलनमा कुनै योगदान छैन भनेर भन्न सक्नुहुन्छ ? के बादल उहाँसरहको सचिवालय सदस्य होईन ? यसको जवाफ उहाँले दिनुपर्दैन् ? त्यसकारण यस्ता कुराको कुनै अर्थ छैन् । हामी नेकपा माओवादीका शीर्षस्थ नेताहरु जो शीर्ष तहमा काम गरेका छन्, पार्टीको विधान, विचार र दृष्टिकोण मान्दाखेरि लिएर आएका छन् । नेकपा एमाले सारा मिलेर बनेको होईन ? हामी त एकताको पक्षमा छौं नि । हामी सबैलाई एकताबद्ध बनाउन चाहन्छौं । कसैको अपमान गरेर आफ्नो मान हुँदैन नी ।

महाधिवेशन आयोजक कमिटी नै अवैद्य हो अरे ? अनि यसले किन केन्द्रीय कमिटीमा सदस्यहरु थप्यो त ?

यो अवैद्य होईन् । अदालतले पनि बैद्य/अवैद्य भनेर टुँगो गरेको छैन् । त्यो पनि एकल इजलासको सन्दर्भमा म अहिले टिप्पणी गर्न चाहन्नँ । तपाईँलाई थाहा छ । अहिले रेडिमेड हो भन्ने आरोप छ । त्यो पनि हामी भन्दैनौं । अहिले अदालतको फैसलालाई कार्यान्वयन गरेको हो ।

अब केपी ओलीलाई विस्थापित गरेर माधव नेपाललाई प्रधानमन्त्री बनाएर जाउँ भन्ने पनि एमालेभित्रैबाट प्रस्ताव आएको चर्चा छ नि ? यसमा तपाईको सहमति हुन्छ ?

अब माधव नेपाल म त म बन्दिन्, शेरबहादुरजीलाई बनाउँछु भनिसक्नुभएकै छ त । उहाँले कहाँ भन्नुभएको छ र ? यदि भन्नुभएको छ भने आउनुहोस न बसेर सल्लाह गरौं । बैठक बसौं । छलफल गरौं । अहिले त केपी ओली नै प्रधानमन्त्री हुनुहुन्छ । संसदीय दलको नेता नै उहाँ हो । संसदीय दलको नेता फेर्नुपर्ने परिस्थिति आयो भने छलफल गरौंला । अहिले त्यो ठाउँमा पुगेकै छैनौं । उहाँलाई ईच्छा लाग्यो भन्दैमा हुन्छ र ? विधि र पद्धती तोड्ने काम गर्नुुहुँदैन् । पार्टीको बैठक बस्छ । दलले आवश्यकत्ता देख्यो भने त्यसमा निर्णय होला ।

प्रतिक्रिया

सम्बन्धित खवर