युरोपको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता च्याम्पियन्स लिगमा साविकको विजेता बायर्न म्युनिखले जित निकालेको छ ।

बुधबार राति समूह चरणका अन्तिम खेलमा बायर्नले रसियन क्लब लोकोमोटिभ मस्कोमाथि २–० गोलको जित निकालेको हो ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

बायर्नको मैदानमा घरेलु टोलीको जितमा निकलास सुल र इरिक माक्सिम चौपो–मोटिङले समान एक–एक गोल गरे ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको उक्त खेलको ६३औं मिनेटमा सुलले तथा ८०औं मिनेटमा चौपो–मोटिङले गोल गर्दै बार्यनलाई जिताए ।

समूह ‘ए’को शीर्ष स्थानमा रहेको बायर्नले ६ खेलबाट १६ अंक बनायो । ऊ यसअघि नै नकआउट चरणमा पुगिसकेको छ ।

सो समूहबाट एथ्लेटिको मड्रिड अघिल्लो चरणमा पुग्यो ।

प्रतिक्रिया

सम्बन्धित खवर