२० मङ्सिर २०७७                                             एजेन्सी– कोरोना भाइरस विरुद्ध बनाइएको खोप आपतकालीन अवस्थामा प्रयोग गर्न स्वीकृति दिनेमा बहराइन दोस्रो देश बनेको छ ।

फिजर र यसैको जर्मन साझेदार विओनटेकले बनाएको खोप आपतकालीन अवस्थामा प्रयोग गर्न सकिने गरी बहराइन सरकारले स्वीकृति दिएको हो ।

बहराइनको राज्यद्धारा संचालित बहराइन न्युज एजेन्सीले यो खोप प्रयोगका लागि स्विकृति दिने देशमा बेलायतपछि बहराइन दोस्रो देश बनेको उल्लेख छ । यसअघि बुधबार बेलायतले यही खोप आपतकालीन अवस्थामा प्रयोग गर्न स्वीकृति दिएको थियो ।

देशको राष्ट्रिय स्वास्थ्य नियमक निकायले सवै कुरा अध्ययन गरेर यसलाई आपताकालिन अवस्थामा प्रयोग गर्न सकिने सिफारिस गरेपछि सरकारले त्यसलाई स्वीकृति दिएको हो ।

प्रयोगका लागि स्वीकृति दिएपनि कति खोप सरकारले ल्याएको छ र त्यसको प्रयोग कहिलेदेखि गरिने छ भन्ने बारेमा भने केही जानकारी दिइएको छैन ।

त्यसैगरी फिजरले पनि बहराइनसँग भएको सम्झौतामा कति खोप बहराइनलाई दिन लागिएको हो र कहिले कहिले ढुवानी हुने हो भन्नेलगायतका जानकारी दिन नमिल्ने र आफ्नो तर्फबाट गोप्य नै राखिने जनाएको छ ।

झण्डै १६ लाख जनसंख्या रहेको मुलुक बहराईनमा अहिलेसम्म कोरोनाभाइरसबाट ८७ हजार जना सङ्क्रमित भएका छन् भने ३४१ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर