
एजेन्सी,भारतकी चर्चित कमेडियन भारती सिंहको गिरफ्तारको एक दिनपछि नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी)ले उनको पति हर्ष लिम्बाचियालाई पनि गिरफ्तार गरेको छ ।
भारतीको घरबाट ड्रग्स बरामद भएको जनाइएको छ। एनसीबीले शनिबार उनलाई मुम्बईको अन्धेरीमा गिरफ्तार गरेको बीबीसीमा उल्लेख छ । भारती र उनकी पति हर्षलाई लागुऔषध सेवन गर्ने गरेको आरोपमा नियन्त्रणमा लिएको बताइएको छ ।
एनसीबी अञ्चल निर्देशक समीर वानखेडेले समाचार एजेन्सी पीटीआईबाट भारती सिंहको पति पक्राउ भएको पुष्टि गरेको छ। एनसीबीका अधिकारीहरू भन्छन्, ‘भारती सिंह र उनका पतिमाथि लागुऔषध सेवन गर्ने गरेको आरोप छ।’
उनीहरूलाई मेडिकल टेस्टपछि अदालतमा पेश गरिने छ। उनीहरुविरुद्ध मादक पदार्थ र ड्रक्ट्स र साइकोट्रपिक पदार्थहरु अन्तर्गत मुद्दा दर्ता गरिएको छ।