२४ कर्त्तिक २०७७                                            मलेसियामा  सोमबारको दिन कोरोनाको कारण आज थप ८ जना नागरिकको मृत्यु भएको  छ  । हाल सम्म  यो सङ्ख्या बढेर जम्मा मृत्यु हुनेको संख्या २९४ जना पुगेको हो। आजमात्रै पुनः ९७२ जना नयाँ संक्रमित फ़ेला परेको मलेसियन स्वास्थ्य मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ। जम्मा संक्रमित मध्य आज १,३४५ जना निको भएसंगै जम्मा २९ हजार ५७९ जनाले उपचार सकिएर स्वास्थ्य लाभ लिई निको भैइसकेको मन्त्रालयको तथ्यांकले देखाउछ।

[ photo source : malaysian health ministry department ]

हालसम्म ११ हजार ३०८ जनामा कोरोना संक्रमण सक्रिय रहेको छ , भने ८६ जना संक्रमित ईमर्जेन्सी कक्ष (आईसियु) मा भर्ना भएर उपचाररत रहेको तथ्यांकले देखाउछ।

प्रतिक्रिया

सम्बन्धित खवर