
२१ कार्तिक २०७७ दोस्रो लहरको संक्रमण बढेसंगै इटालीमा फेरि लकडाउन भएको छ ।
इटालीका विभिन्न क्षेत्रलाई तीन भागमा बिभाजन गरी सरकारले शुक्रबारदेखि दुई हप्तासम्म लकडाउन गरिएको हो ।
इटालीका चार क्षेत्रहरु लोम्बार्डिया, पिओमोन्ते, कालाबृया र भाले डि ओस्टालाई रेड जोन घोषणा गरिसकिएको छ। यी क्षेत्रहरु कोराना भाइरसको संक्रमण धेरै छ।
कोरोनाको दोस्रो लहर रोक्न र अस्पतालमा कोरोनाले बढेको चाप कम गर्न लकडाउन गरिएको इटालीका प्रधानमन्त्री जुजेप्पे कन्तेले बताएका छन् ।
यसअघि इटालीमा पहिलोपटक गत मार्च महिना लकडाउन गरिएको थियो ।
लकडाउनको रेड जोन घोषणा गरिएका प्रदेशहरूबाट मानिसहरुलाई आउजाउ गर्न रोक लगाइएको छ ।