
१९ कार्तिक २०७७ भारतको कश्मीरमा भेटिएको एक परेवा पाकिस्तानी जासुस हुनसक्ने आशंकामा भारतीय प्रहरीलाई हस्तान्तरण गरिएको हो ।
कश्मीरको कटुवा जिल्लास्थित गीतादेवीको घरमा भेटिएको परेवा प्रहरीलाई जिम्मा लगाइएको हो ।
उक्त परेवा मे २४ मा गीतादेवीको घरमा पसेको थियो । परेवाको खुट्टामा रातो रंग पोतिएको छ भने नम्बर लेखिएको एउटा रिङ पनि लगाइएको छ ।
कटुवा प्रहरीका सिनियर सुपरिटेन्डेन्ट शैलेन्द्र कुमार मिश्रले स्थानीयले यो परेवालाई कब्जामा लिएर प्रहरीलाई बुझाएको र यसबारेमा अनुसन्धान भइरहेको बताए ।