९ कार्तिक २०७७                                            इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज भएको पहिलो खेलमा चेन्नई सुपर किंग्स विजयी भएको छ । दुबई अन्तर्राष्ट्रिउ क्रिकेट स्टेडियममा भएको खेलमा चेन्नईले रोयल च्यालेन्जर्स बैंगलोरलाई ८ विकेटले पराजित गरेको हो । बैंगलोरले दिएको १ सय ४६ रनको लक्ष्य चेन्नईले १८ ओभर ४ बलमा मात्र २ विकेट गुमाएर पुरा गर्यो ।

चेन्नईको जितमा रुतुराज गायकवाडले अविजित रहदै ६५ रनको अर्धशतकीय इनिङ्स खेले । कप्तान महेन्द्र सिंह धोनी १९ रनमा अविजित रहे । यस्तै अम्बाती रायडुले ३९ रन जोड्दा फाप डु प्लेसिसले २५ रन बनाए । बैंगलोरका क्रिस मोरिस र युजभेन्द्र चाहलले १÷१ विकेट लिए ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ४५ रन बनाएको थियो । बैंगलोरका लागि कप्तान विराट कोहलीले ५० रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै एबी डी भिलियर्सले ३९ रन जोडे ।

चेन्नईका साम करणले ३ विकेट लिए । यस्तै दिपक चाहरले र मिचेल स्टानरले १÷१ विकेट लिए । चेन्नई १२ खेलमा ८ अंक जोड्दै सातौं स्थानमा उक्लिएको छ । बैंगलोर ११ खेलमा १४ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा रहेको छ । उसले शीर्ष स्थानमा उक्लिने मौका गुमाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर