७ कार्तिक २०७७                                            फ्रान्समा हालसम्मकै सबैभन्दा बढी कोरोना संक्रमित थपिएका छन् । फ्रान्सको स्वास्थ्य मन्त्रालयका अनुसार आज मात्रै ४१ हजार ६२२ जना कोरोना संक्रमित थपिएका छन् । याे सँगै फ्रान्समा  संक्रमितकाे संख्या १० लाख पुगेको  बताइएकाे छ । फ्रान्समा एकैदिन यतिका संख्यामा कोरोना पोजेटिभ भेटिएको पहिलो पटक हो ।

सरकारी तथ्याङ्क अनुसार गत हप्तामा मात्रै १० हजार अस्पताल भर्ना भएका थिए । जसमध्ये १ हजार ६२७ जनालाई आइसियु राखेर उपचार भइरहेको अस्पतालले जनाएको छ । त्यस्तैगरी फ्रान्समा हालसम्म ३५ हजार २१० कोरोना संक्रमितको मृत्यु भइसकेको बताइएको छ । त्यस्तै पछिल्ले २४ घण्टामा फ्रान्समा १६५ को ज्यन गएको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्रतिक्रिया

सम्बन्धित खवर