४ कार्तिक २०७७, मंगलवार

एजेन्सी – युइएफए च्याम्पियन्स लिगको समूह ‘एफ’ को पहिलो चरणो खेलमा आज राति इटालियन क्लब लाजियोले घरेलु मैदानमा जर्मन क्लब बोरुसिया डर्टमुन्डको आतिथ्यता गर्दैछ ।

खेल स्टेडियो ओलम्पिको रोमामा राति १२ः४५ बजे हुनेछ । यि दुई टोलीबीचको खेल निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ । घरेलु मैदानमा लाजियो डर्टमुन्डलाई पराजित गर्दै सुखद सुरुवात गर्ने दाउमा हुनेछ । तर बलियो टोली डर्टमुन्डविरुद्ध जित निकाल्न लाजियोले कडा मिहेनत गर्नुपर्नेछ । अग्रपङ्तिका एर्लिङ ब्राउट हालान्ड, जाडोन सान्चो र कप्तान मार्काे रिउसलाई रोक्नुपर्ने हुन्छ ।

अघिल्लो सिजन उच्च प्रदर्शनसहित इटालियन सिरी ‘ए’ को सर्वाधिक गोलकर्ता सिरो इमोबिले यो सिजन जम्न सकेका छैनन् । लाजियोसँग जुआक्विन कोरेया, लुकास लेइभा, मार्काे पारोलो र प्याट्रिक लगायतका खेलाडी रहेका छन् ।

उता, डर्टमुन्ड पनि घरेलु टोलीमाथि जित निकाल्ने लक्ष्यमा हुनेछ । डर्टमुन्डसँग हालान्ड, सान्चो र रिउससँगै थोमस म्युनियर, राफइल गुरेरो, एक्सेल विस्टेल, म्याट हमल्स, थोमस डिलेनी र गोलरक्षक रोमन बुर्की रहनेछन् ।

यि दुई टोली दोस्रोपटक भिड्न लागेका हुन् । २०१८ अगस्टमा भएको मैत्रीपुर्ण खेलमा डर्टमुन्ड १–० ले विजयी भएको थियो । यही समूहको अर्काे खेलमा जेनिथ र क्लब ब्रुगबीच राति १०ः४० बजे प्रतिस्पर्धा हुँदैछ ।

प्रतिक्रिया

सम्बन्धित खवर