४ कार्तिक २०७७, मंगलवार

पाकिस्तानले  टिकटकमाथिको प्रतिबन्ध हटाएको छ। पाकिस्तानले यसअघि एपले अश्लिलता फैलाएको आरोप लगाउँदै प्रतिबन्धको घोषणा गरेको थियो। तर सो प्रतिबन्ध ११ दिन पनि बित्न नपाउँदै फुकुवा गरिएको हो ।  प्रतिबन्ध हटेपनि नियामक निकायले टिकटकलाई कडा चेतावनी दिँदै आगामी दिनमा ससक्त मोडरेट गर्न निर्देशन दिएको छ । अश्लिलता फैलाउने सबै प्रयोगकर्ताको खाता ब्लक गरेकाले सोमाथिको प्रतिबन्ध हटाएको जनाएको छ। पाकिस्तानभन्दा अगाडी भारतले राष्ट्रिय सुरक्षा र आफ्ना नागरिकको तथ्यांकको गलत प्रयोग हुनसक्ने भन्दै टिकटकसहित १०० भन्दा बढि चिनियाँ एप्समा प्रतिबन्ध लगाएको छ। अमेरिकामा पनि टिकटकको विवाद अझै समाधान भएको छैन् । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर