
३० असेाज २०७७ साउदी सरकारले थप ३७ जना अवैधानिक नेपाली कामदारलाई एक्जिट भिसा (बहिर्गमन भिसा)को अवसर दिएको छ । हालसम्म १ हजार १३१ जना नेपालीहरुलाई बहिर्गमन भिसा जारी गरिसकेको रियादस्थित नेपाली दूतावासले जनाएको छ
परिचयपत्र (अकामा) जारी नगरी, नवीकरण नगरी वा कम्पनी छोडी भागेर काम गरिरहेका अवैधानिक कामदारका लागि यस्तो अवसरको व्यवस्था गरिएको दूतावासले जनाएको छ । बहिर्गमन भिसा नहुँदा घर फर्कन नपाएका श्रमिकको विवरण लिएर दूतावासले बहिर्गमन भिसाका लागि साउदी सरकारलाई अनुरोध गरेको थियो।
बहिर्गमन भिसा लागेकाले स्वदेश फिर्तीका लागि तयारी गर्न दूतावासले अनुरोध गरेको छ।