
३० असोज २०७७, शुक्रवार
मलेसियामा आज कोरोना सक्रमणको कारण थप ६ जनाको मृत्यु भएको छ । आज मात्रै ६२९ जना नयाँ संक्रमित फ़ेला परेको मलेसियन स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सगै मलेसियामा संक्रमित हुनेको संख्या १८ हजार ७५८ जना पुगेको छन, भने संक्रमणको कारण अहिलेसम्म १७६ जनाले ज्यान गुमाईसकेको छन । मलेसियामा आज २४५ जना निको भएसंगै निको हुनेको सख्या १२ हजार २५९ जना पुगेको त्यहाँको स्वास्थ मन्त्रालयले जनाएको छ ।
मलेसियामा ६ हजार ३२३ जना सक्रिय सक्रमित छन जसमध्ये ९९ जना लाई आईसियुमा राखेर उपचार भैरहेको छ ।