२६ असोज २०७७, सोमवार

बंगलादेशमा बलात्कारको मुद्दामा मुलुकभर आन्दोलन चर्किएसँगै सरकारले बलात्कारको मुद्दामा मृत्युदण्ड दिन सकिने गरी कानुन संशोधन गरेको हो । सोमबार बंगलादेशको मन्त्रिपरिषद्का सेक्रेटरी खण्डकेर अनवारुल इस्लामले मन्त्रिपरिषद्को बैठकले उक्त विधेयक पारित गरेको बताएका हुन् । सोमबार पारित गरिएको विधेयकअनुसार बंगलादेशमा बलात्कारको मुद्दामा दोषी पाइएका अभियुक्तलाई मृत्युदण्ड वा कठोर जन्मकैदको फैसला सुनाइनेछ । अहिलेसम्म बंगलादेशमा बलात्कारको मुद्दामा जन्मकैदको मात्र व्यवस्था थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर