२४ असोज २०७७, शनिवार

इन्डियन प्रिमियर  लिगको आजको खेलमा किंग्स इलेभेन पन्जाब २ रनले पराजित भएको छ । युएईमा जारी लिगको आजको खेलमा कोलकाता नाइट राइडर्ससँग किंग्स इलेभेन पन्जाब झिनो अंकले पराजित भएको हो ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

इपीएल अन्तर्गतको आजको खेल २४ औं खेल हो । जितको सम्भावना बोकेको बढ्दै गर्दा ब्याट्सम्यानले राम्रो प्रदर्शन गनृ नसक्दा पराजित हुन पुगेको हो ।

जितका लागि १ सय ६५ रनको विजयी लक्ष्य पछ्याएको पन्जाबले २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ६२ रन बनाउन सफल भएको थियो ।

१ सय १५ रन बनाउँदा पञ्जाबको पहिलो विकेट गुमेको थियो। पन्जाबका लागि के एल राहुलले ७४ र मयंक अग्रवालले ५६ रन बनाउन सफल भएका थिए । त्यस्तै कोलकत्ताका प्रसिद्ध कृष्णले ३ र सुनिल नारिनले २ विकेट लिन सफल भएका थिए । त्यो भन्दा पहिले आबुधावी रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको कोलकत्ताले २० ओभरमा ६ विकेट गुमाएर एक सय ६४ रन बनाएको थियो ।

कोलकत्ताका लागि कप्तान दिनेश कार्तिकले ५८ र शुभमन गिलले ५७ रन बनाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर